राजनीति
लोपोन्मुख अवस्थामा पुगेको कछाड,आसकोट र भाङग्रा सहित मौलिक र परम्परागत पोशाकमा सजिएका पुरुषहरु अनि गुन्यु चोली, घलेक, पटुकी, टिकी र पछ्यौरामा सजिएका महिलाहरु । चर्को घाम अनि शरिरमा घाँसपात र अनुहारमा विभिन्न रगंले पोतेर नाच्दै हिडेका बालक, यूवायूवती र बृद्धहरुलाई हेर्नहरुको भिड् ।
बर्षको दुई पटक पोखरामा यस्ता दृश्यहरु देखिन्छ । त्यो दृश्य थियो तमु समुदायले हरेक वर्षको साउन अन्तिम मंगलबार मनाउने टहोटे पर्वको ।
पोखराका गुरुङ समुदायहरुले आफ्नो मौलिक सांस्कृतिक पर्व ट्होटे पर्व मनाएका छन । ट्होको अर्थ समुदाय बस्ती र टेको अर्थ वैरी भन्ने भएकाले ट्होटे मनाउदा समुदायमा आउने बैरी सत्रु धपाउने भन्ने हुन्छ ।
पोखरामा बसोवास गदै आएका तमुहरुले मंगलबार ट्होटे पर्व धुमधामसंग मनाए ।तमुहरुको राजधानीका रुपमा चिनिने पोखरामा हर्सोल्लासका साथ ट्होटे पर्व मनाएका हुन् । परापूर्व कालमा गुरुङ समुदायहरुले खेतीपाती गर्ने समयमा खेतीपातीमा रोग, असिना, बांदर, भालुबाट खेतीपाती जोगियोस र समुदायमा कुनैपनि बैरी सत्रु रोगहरु नलागोस भनी उद्देश्यले सो पर्व मनाउने चलन रहेको थियो ।
वर्षको दुइ पटक साउनको अन्तिम मंगलबार र चैत्रको अन्तिम मंगलबार गुरुङ संस्कृति अनुसार ट्होटे पर्व मनाउदै आएको पाइन्छ । गुरुङ समुदायले साउनको अन्तिम मंगलवार उधौली र चैत्रको अन्तिम मंगलबार उभौलीका रुपमा ट्होटे पर्व मनाउने गर्दछन ।
२०५२ सालदेखी तमु धि नेपालको नेतृत्वमा विभिन्न ठाउबाट पोखरा आइ बसोबास गर्ने गुरुङ समुदायहरुले ट्होटे पर्व मनाउदै आएका हुन ।
उभौलीको रुपमा मनाइने ट्होटे यसपटक गुरुङहरुले पोखराको बिरौटा चोकबाट सास्कृतिक झाकी सहित बजार परिक्रमा गरी तमु धि नेपालमा पुगेर सम्पन्न ग¥यो ।
तमु धिं नेपालले २०५२ सालदेखि पोखरामा संस्थागत रुपमा ट्होटें मनाउन थालेदेखि साँस्कृतिक पर्वको संरक्षण, तमु जातिको एकता र गुरुङ भेषभुषाले प्रचार प्रसार भएको तमु धिं नेपालले दावी गरेको छ । तमु धिं नेपालका ४५ वटा क्षेत्रिय तमु समाजहरु, तमु धिं अन्र्तगतको तमु विद्यार्थी समिति, गुरुङ युथ फोरम, आमा समिति, नारी समिति लगायत अन्य तमु र गैर तमु संघ संस्थाको सहभागिता रहेको थियो ।