राजनीति
काठमाडौं, २७ चैत । मन्त्रिपरिषदको आकस्मिक बैठकले नेपाल प्रहरीको आइजीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलको आइजीमा शैलेन्द्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आइजीबारे निर्णय लिन मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा बोलाइएको थियो । साँझ ७ बजे बसेको बैठकले खनालद्वयलाई नयाँ आइजीमा नियुक्त गरेको हो ।
एकै दिन मन्त्री परिसद्को बैठक दुई पटक बसेको थियो। दिउसोको वैठकमा आइजिपीको नियुक्ति को एजेन्डा नपरे पछी अन्य निर्णय गर्दै वैठक सकिएको थियो।वैठक सकिए पछी संचार राज्यमन्त्री गोकुल बाँस्कोटले ‘आइजिपीको निर्णय बेला भएपछि आइहाल्छ,’ भनेर प्रतिकिया दिएका थिय।
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच कुरा मिलेपछि मन्त्रिपरिषदको बैठक डाकिएको थियो । नियुक्त भएका दुवै आइजी संगठनमा सबैभन्दा बरिष्ठ थिए । सरकारले बरिष्ठताका आधारमा नयाँ आइजी नियुक्त गरेको हो ।