logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकको मृ’त्यु


  • रासस
  • बिहिबार, फाल्गुन २९ २०७६

बाके- बाकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृ’त्यु भएको छ ।

भे१ख २१२९ नम्बरको बस र अटो बिहीवार बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मृ’तकको नाम र ठेगाना अभै खुल्न नसकेको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

दुर्घटनामा घाइते दुईको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ र बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार