पाल्पा- लुम्बिनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु अ’पह’रण गरेर ब’न्धक बनाउने विमकला पाण्डेलाई पाँच वर्षको कैद फैसला सुनाएको छ।
मेडिकल कलेजबाट गत असार २७ गते नवजात शिशु लिएर फरार भएकी गल्याङ नगरपालिका– ५ का ३६ वर्षीय पाण्डेलाई जिल्ला अदालत पाल्पाका न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले ५० हजार क्षतिपूर्ति र ५० हजार जरिवानाको फैसला सुनाएको स्रेस्तेदार कृष्ण मुरारी सिग्देलले जानकारी दिए।
शिशु लिएर फरार भएकी पाण्डेलाई प्रहरीले गत असार २८ गते गिरफ्तार गरेको थियो। प्रभासमा तानसेन नगरपालिका वडा नं ९ डाँडाडुमका २२ वर्षीया जमुना रानाले २७ गते जन्माएको छोरालाई उनले अ’पह’रण गरेकी हुन्।
सुत्केरी छोरीको हेरचाहका निम्ति बसेकी आमाले ज्वानोको लिन गएका बेला बच्चा काखमा लिएर सहयोग गर्ने भन्दै पाण्डे पनि बच्चा लिएर अस्पतालकै क्यान्टिनमा गएकी थिइन्। ज्वानोको झोल लिएर जानुस् म बच्चा लिएर आउँछु भनेकी विमकला अस्पतालको तल्लो तलाबाटै भागेकी हुन्।
छोरी भएको ठाउँ अस्पतालको माथिल्लो तलामा केहीबेरसम्म पर्खिंदा पनि नआएपछि बल्ल शिशु हराएको परिवारले पत्तो पाएका थिए। शिशु लिएर कालीगण्डकी ए परियोजनामा सरसफाइ कर्मचारीका रुपमा कार्यरत उनी सोही स्थान कार्यालयको कोठामा पुयाएकी थिइन्।
शिशु हराएको भन्दै अस्पतालबाट प्रहरीमा जानकारी भएलगत्तै खोजी गर्दा पाण्डेलाई बच्चासहित कोठामा भेटिएको थियो। सामाजिक सञ्जालभरि शिशु हराएको सूचना पाएका स्थानीयले बच्चा रोएको र उनी गर्भवती नभएकाले आशङ्कामा प्रहरीलाई खबर गरेका थिए। सुत्केरीको भेषमा नाटक तरिकाले बसेकी पाण्डे र शिशुलाई सकुशल फेला पारेको प्रहरीले असार २८ मै परिवारलाई बुझाएको थियो।