तनहुँ – चि’तुवाको आ’क्रम’णबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
सोमबार साँझ घरमा बसिरहेको अवस्थामा चि’तुवाले बालिकालाई आ’क्र’मण गरेको सो कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
घरमै रहेका बुबाआमाले होहल्ला गरेपछि चि’तुवा भागेको थियो । “छोरीलाई बाहिर राखेर एकैछिन घरभित्र पस्दा चि’तुवाले आ’क्र’मण गर्न भ्याएको रहेछ”, प्रहरी निरीक्षक रेग्मीले भने, “होहल्लापछि थप घटना हुन पाएन ।”
आ’क्रम’णबाट बालिकाको पेटमा सामान्य चोट लागेको छ । उनलाई दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
गत फागुन २८ गते मात्रै चि’तुवाको आ’क्र’मणबाट बन्दीपुर गाउँपालिका–५ याम्पामा सात वर्षीय अनुप नेपाली घाइते भएका थिए ।
जिल्ला चि’तुवाको आ’क्र’मण बढ्दै जाँदा स्थानीयवासी त्र’सित छन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चि’तुवाको आ’त’ङ्क छ ।
बीस महिनाको अवधिमा जिल्लामा चि’तुवाको आ’क्रम’णबाट नौ बालबालिकाले ज्या’न गुमाएका छन् ।
चि’तुवाको आ’क्र’मण बढ्दै गएपछि डिभिजन वन कार्यालयले चि’तुवा नि’यन्त्रणमा लिने प्रयास पनि गरेको छ । हालसम्म जिल्लामा सात चि’तुवा निय’न्त्रणमा लिइएको छ ।