बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई जना भरुवा ब’न्दुकसहित पक्राउ परेका छन् । निकुञ्जका विभिन्न स्थानमा राखिएका क्यामेराको सहायताले उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।
भरुवा ब’न्दुकसहित पक्राउ पर्नेमा दाङको दङगीशरण गाउँपालिकाका–१ का कुलबहादुर वली र सोही ठाउँका हिमलाल खत्री रहेका छन् ।
उनीहरुका साथबाट भ’रुवा बन्दुक, बा’रुद, पा’सो, छि’नो खु’कुरी, सलाईलगायतका सामग्रीसमेत बरामद गरिएको छ । उनीहरुलाई निकुञ्जको ‘कोर यरिया’भित्र पर्ने बहिबरचौर भन्ने ठाउँबाट पक्राउ गरिएको थियोे ।
निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त गस्ती टोलीले निकुञ्जमा राखिएका क्यामेराको सहायताले गुफामा लुकिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए ।