logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

आम नागरिकको सुरक्षामा खटिएका प्रहरीहरु प्रती एक्यवद्धता जाहेर गरेका हौ – गुरुङ


  • आश तमु
  • शनिबार, चैत्र १५ २०७६

मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले कास्की जिल्लामा अहोरत्र खटिएका सुरक्षाकर्मीहरुलाई मास्क पानी र चाउचाउ वितरण गरेको छ। एकेडेमीका गण्डकी प्रदेश इन्चार्ज एव राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङका आनुसार जिल्लामा रहेका जिल्ला प्रहरी कार्यालय , ट्राफिक कार्यालय र सशस्त्र प्रहरी गण कालिका लगाएतका कर्मचारीहरुलाई ६०० थान मास्क ,३५ कार्टुन पानी र १५ कार्टुन चाउ चाउ बितरण गरिएको बताए।

यति बेला देश अप्ठेरो परिस्थितिबाट ग्रुजिरहेको भन्दै नागरिकको सुरक्षाका लागि अहोरत्र खटिरहेका सुरक्षाकर्मीहरु प्रती एक्यवद्धता जाहेर गर्न सहयोग गरेको गुरुङले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार