logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरा आउदै गरेको बस दुर्घटना सहचालकको घटना स्थलमै मृ’त्यु


  • रासस
  • शनिबार, चैत्र १५ २०७६

बस दुर्घटना हुँदा एक जनाको मु’त्यु भएको छ । शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस मार्केबजार नजीकै दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृ’त्यु भएको हो ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षीय सुजन नेपालीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी शारदा ८ का २६ वर्षीय सुरेन्द्र सेजवाल, २७ वर्षीय खेमराज बुढाथोकी र २८ वर्षीय थमन चलाउने घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेको सल्यान अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गाडीको टायर मर्मत गर्ने क्रममा बस दुर्घटना भएको र सडकदेखि ५० मिटर तल खसेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार