राजनीति
बाँके – नेपाल एयरलाइन्सको विमान शनिबार नेपालगन्ज विमानस्थलमा दुर्घटना भएको छ ।
विमान अवतरणका क्रममा मध्यान्ह धावन मार्गभन्दा दुई सय मिटर दक्षिण तर्फ चिप्लिएर दुर्घटना भएको हो । नेपाल एयरलाइन्सको विमान मेडिकल सामग्री लिएर नेपालगन्जको भेरी अस्पतालमा संकलन भएको कोरोना संक्रमितको स्वाब लिन काठमाडौबाट उडेको हो ।
जहाजमा सवार चालक दलका तीन जना र दुई जना चिकित्सक सकुशल रहेको प्रहरीले जनाएको छ ।