पोखरा – माछा मार्ने क्रममा पर्वतमा एक जनालाई खोलाले बगाएको छ । हिजो राति करिब ११ बजेर ३० मिनेटको समयमा मोदी खोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
मोदी गाउँपालिका ५ गिज्याङका ३६ वर्षिय दीपक खड्कालाई माछा मार्ने क्रममा खोलाले बगाएको हो । जिल्लाको मोदी गाउँपालिका २ सिमखेतस्थित मोदी खोलामा माछा मार्ने क्रममा खोलाले बगाएको प्रहरीले खुलाएको छ ।
खड्काले लगाएको कपडा पानीको भेलले बगाएर अन्दाजी ५० मिटर तल पुगुञ्जेलसम्म देखिएको उनी सँगै माछा मार्न गएका गणेश केसीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । उनको खोजी कार्य भई रहेको प्रहरीले बताएको छ ।