logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पोखरामा राहत वितरणको लागि नाम संकलन,मान्छेको भीड


  • राजनिती न्युज डेस्क
  • मंगलबार, चैत्र १८ २०७६

पोखरा – पोखरा महानगरपालिकाले विपन्न र दैनिक ज्यालादारी गर्नेहरुलाई राहत वितरणको लागि नाम संकलन थालेको छ ।

यसै क्रममा पोखरा ५ मालेपाटनमा राहत लिन नाम संकलनको क्रममा सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउन घोषणा गरेकै बेला वडाले मान्छेको भीड लगाएर नाम संकलन गरिरहेको छ । कोरोनाको सामान्य सावधानी पनि नअपनाई मान्छे जम्मा गरेर नाम संकलन गरिएकोप्रति सामाजिक सञ्जालमा चौतर्फी विरोध भैरहेको छ ।

वडाध्यक्ष धनबहादुर नेपालीले नागरिकले गलत बुझेका कारण भीड देखिएको बताए । ७ वटा टोली बनाएर नाम संकलनको काम गरिएको नेपालीले सुनाए ।उनका अनुसार ५ नम्बर वडाबाट ३ सय हाराहारीमा विपन्नले नाम टिपाउने अनुमान गरिएकोमा १ हजार भन्दा बढी भैसकेका छन् । महानगरले नाम टिपाउँदैमा राहत दिन नसकिने भन्दै बास्तविक पीडितलाई हेरेर मात्रै राहत दिने जनाएको छ ।

राहतकै लागि २ करोड रुपैयाँको राहत कोष स्थापना गरेको नगरपालिकाले २ हजारका दरले प्रत्येक परिवारलाई खाद्य सामग्री उपलब्ध गराउने छ । २५ केजी चामल, २ केजी दाल, १ केजी नुन र १ केजी गेडागुडी तरकारी उपलब्ध गराईने मेयर मानबहादुर जिसीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार