पोखरा – समाचार संकलन गर्ने क्रममा सुरक्षित बनून् भनेर पोखराका क्रियाशील पत्रकारलाई नेपाल पत्रकार महासंघ कास्कीले आज एक कार्यक्रम बीच सेनिटाइजर, मास्क र ग्लोभ प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले स्वास्थ्य सामाग्री प्रदान गर्दै केही हदसम्म भएपनि सुरक्षित रुपमा पत्रकारिता गर्न सकुन भनेर यस्ता सामग्री प्रदान गरिएको बताए।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदविन्दु शर्माले कोरोना भाइरस (कोभिड–१९) सम्वन्धी गण्डकी प्रदेशमा ५४ वटा नमूना परक्षिण गरिएकोमा ३८ वटाको रिपोर्ट आएको छ । ती मध्य ३७ वटाको नेगेटिभ र वाग्लुङ्की एक १९ वर्षीया किशोरिको पोजेटिभ देखिएको बताए ।