logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

तनहुँ व्यासमा आगलागी दुई घर जलेर नष्ट, १५ जनाको विचल्ली


  • राजनीति
  • मंगलबार, चैत्र २५ २०७६

तनहुँ – व्यास नगरपालिका ७ सामलिबासपानीमा आगलागी हुदाँ स्थानीय तिलविक्रम परियार र गोकर्ण परियारको घर जलेर नष्ट भएको छ।

विद्युत् सर्ट भई अचानक घरमा आगलागी हुँदा तिलविक्रमको रु सात लाख र गोकर्णको रु छ लाख बराबरको क्षति भएको वडाध्यक्ष सतिशचन्द्र न्यौपानेले जानकारी दिएका छन।

आगलागी भएपछि दुई घरका १५ जनाको यतिबेला बिचल्ली भएको छ । उनीहरुको खान बस्नका लागि सामली बाँसपानी टोल विकास संस्थालाई जिम्मा लगाइएको उनले जानकारी दिए ।

वडामार्फत पनि उनीहरुलाई राहतको लागि व्यवस्था गर्न लागिएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार