logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

२ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ


  • राजनीति
  • आइतबार, बैशाख ९ २०७५

Gold bars

२ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन्।

गएको शुक्रबार राति दुबईबाट नेपाल आउँदै गरेका एक भारतीय नागरिकको साथबाट प्रहरीले करिब २ किलो लिक्विट सुन बरामद गरेको विमानस्थल प्रहरीले जनाएको छ।

केमिकलको प्रयोग गरेर तरल बनाइएको सुनलाई ठूलो खालको कम्मरपेटी भित्र राखेर ल्याएको अवस्थामा फेला पारिएको हो।

केही समयअघि पनि २ किला ८ सय ग्राम सुन यसै गरी नेपाल भित्र्याउँदै गरेका बेला बरामद भएको थियो।

उक्त सुन र शुक्रबार राति ल्याएको सुन एकै किसिमको भएकाले प्रहरी अनुसन्धान अघि बढाएको विमानस्थल प्रहरीले जनाएको छ।

तरल सुनलाई मेटल डिटेक्टर र वाकथु्र गेटले पनि रिड गर्न नसक्ने हुनाले सुन तस्करहरुले यस्तो उपायबाट तस्करी शुरु गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका भारतीय नागरिकको नाम भने प्रहरीले खुलाएको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार