logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

ठूलो परिणाममा अवैध लागूऔषधसहित ४ जना पक्राउ


  • राजनीति
  • आइतबार, बैशाख ९ २०७५

काठमाडौंको नयाँ बजारबाट ठूलो परिणाममा अवैध लागूऔषधसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको प्रहरी टोलीले शनिबार नयाँ बजारबाट डाईजेपाम, फुरर्नरफिन, फेनारगन करिब १६ सय इम्पुल अवैध लागूऔषधसहित स्याङ्जा अर्जुन चौपारी ३ का रविन गुरुङ, भोजपुर दिङ्गला ९ का लाक्पा शेर्पा र पर्साका  दिपु कुमारलाई पक्राउ गरिएको परिसर काडमाडौंले जनाएको छ।

नयाँ बजार क्षेत्रमा लामो समयदेखि अवैध लागूऔषधको कारोबार गर्दै आएको उनीहरूलाई विषेश सूचनाको आधारमा पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

पक्राउ परेकाहरु उपत्यकाको अवैध लागूऔषधको डिलरका रुपमा रहेको हुनसक्ने प्रहरी अनुसन्धानबाट खुलेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार