पोखरा युवा व्यवसायी महेन्द्र गुरुङले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई १०० कार्टून पानी र ५० पीस ण्-९५ मास्क सहयोग गरेका छन।
गुरुङले निर्देशक अर्जुन आचार्यलाई जिन्सी सहयोग गर्दै यो मेरो नमुना सहयोगले गर्दा स्वस्थ्य कर्मीहरूको मनोबल उच्च होलान अन्य सहयोगी हरूको हात बड्लान भन्दै सहयोग गरेको बताए।
महानगरपालिकाले पोखरा बिज्ञान प्रतिष्ठानलाई १०० थान ग्राउण्ड सुकभर र फेयशील सहितको पीपीई सहयोग गरेको छ।
पोखरा क्षेत्रीय अस्पताललाई पोखरा महानगरको १०० थान पीपीई सहयोग
पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले पोखरा बिज्ञान प्रतिष्ठानका उपकुलपति बुद्द्दी बहादुर थापालाई हस्तान्तर गर्दै पश्चिमाञ्चल अस्पताल प्रदेशकै नेत्रित्व दायी अस्पताल भएकोले सुरक्षाको लागी पीपीई सहरोग गरेको बताए। उनले हस्पिटल सुरक्षित नभए विरामी सुरक्षित नहुने बताउदै भने, ‘हस्पिटल र स्वास्थ्यकर्मी सुरक्षित नहुने हो भने कोही पनि सुरक्षित हुन सक्दैनौ ।
प्रमुख जिसीले हस्पिटलमा काम गर्ने एम्वुलेन्स चालक, ल्याबमा काम गर्नेहरु, आइसोलेसन वार्डमा काम सवै सुरक्षित रहनुपर्छ उनले भने, ‘पहिलो प्राथमिकता स्वास्थ्यकर्मी सुरक्षित बनाउनु हो । उनीहरु सुरक्षित भएपछि हामी सुरक्षित हुन्छौ ।’ उनले महानगरले प्रदान गरेको पीपीई काठमाडौबाट ल्याएको र ल्याब टेष्ट गरिएको बताए ।उनले स्वास्थ्यकर्मीका कमीकमजोरी हुनसक्छन् तर अहिले कमीकमजोरी खोज्ने बेला भन्दा मनोबल उच्च बनाउने बेला भएको बताए ।
‘स्वास्थ्यकर्मीको गल्ती कमजोरी अहिले सञ्चार माध्यमले नलेखौ अहिले महामारीसंग लडौ त्यसको हिसावकिताव पछि गरौला ।’ प्रमुख जिसीले स्वास्थ्यकर्मीलाई उत्साह पूर्वक काम गर्ने वातावरण सृजना गर्न सबैलाई आग्रह गरे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलति डा।
बृद्धिबहादुर थापाले महानगरले प्रदान गरेको स्वास्थ्य सामाग्रीले कोरोना संक्रमणको उपचारमा सहज हुने विश्वास ब्यक्त गरे ।स्वास्थ्यकर्मी अहिलेको महामारीका अग्रपङ्तिका सिपाही भएकाले उनीहरुको मनोवल उच्च बनाउने गरी सवैले सहयोग गर्नुपर्नेमा जोड दिए । महानगरले विहीबार मात्रै अस्पताललाई दुई ओटा स्प्रे मेशिन प्रदान गरेको थियो ।