logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

उचीत उपचार नपाउदा अत्यधिक रक्तश्रावका कारण डोल्पामा सुत्केरीको मृ’त्यु


  • राजनीति
  • शनिबार, चैत्र २९ २०७६

जाजरकोट – सुत्केरी भएको छ घण्टासम्म निरन्तर रक्तश्राव हुँदा डोल्पा ठुलीभेरी नगरपालिका–६ दुरगाउँ डोल्पाकी २२ वर्षीया लालुकुमारी रोकायको मृ’त्यु भएको छ ।

शुक्रबार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास गरिएको र नजिकमा स्वास्थ्य संस्थासमेत नहुँदा बचाउन नसकिएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिइन् । असुरक्षितरूपमा घरमै सुत्केरी भएकी रोकायलाई स्थानीय स्वास्थ्यकर्मी हरिबहादुर रोकायले सामान्य प्राथमिक उपचार गरेपनि बचाउन नसकिएको जानकारी दिइन् ।

मृतक रोकायले तेस्रो बच्चा जन्म दिएकी थिइन् । आमाको मृ’त्यु भए पनि छोरी स्वास्थ र राम्रो भएको बताइएको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार