logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कैलालीमा एक महिलाको कोरोना परिक्षणको क्रममा पोजिटिभ

कैलालीमा परीक्षण गर्दा नेगेटिभ , काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ


  • पत्रपत्रिका
  • सोमबार, बैशाख १ २०७७

कैलाली- कैलालीको लम्की चुहा नगरपालिकामा एक जना महिलाको कोरोना परिक्षणको क्रममा पोजिटिभ देखाएको छ।

लम्की चुहा नगरपालिका १ भुरुवाकी ६५ बर्षिय एक महिलामा कोरोना पोजिटिभ देखिएको हो ।टिकापुर अस्पताल स्रोतका अनुसार बालकल्याण मावि भूरुवाको क्वारेन्टाइनमा उनी लगाएत ५१ जना रहेको क्वारेन्टाइनबाट टीकापुर अस्पतालको स्वास्थ्यकर्मीको टोलीले ४४ जनाको स्वाब संकलन गरेको थियो।

काठमाडौंबाट आएको टोलीले २५ गते ¥यापिड र स्वाब दुबै संकलन गरेको थियो । लम्की चुहामै ९९ जनाको स्वाब संकलन भएको थियो । ९८ जनाको नेगेटिभ आयो । कैलालीमा परीक्षण गर्दा नेगेटिभ देखिएको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ। र्यापिड टेष्टमा नेगेटिभ देखाएको थियो।आजको अन्नपुर्णपोष्टमा परमानन्द पाण्डेले लेखेका छन।

यस बारे पुष्टी हुन भने बाकीँ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार