logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पोखरा लेखनाथ स्थित आदर्शचोकको प्रतिक्षालयमा वेवारिशे श’व फेला


  • आश तमु
  • बुधबार, बैशाख ३ २०७७

लेखनाथ चोक लेखनाथ चोक

पोखरा –  महानगरपालिका लेखनाथ स्थित आदर्शचोकको प्रतिक्षालयमा मंगलवार वेवारिशे श’व फेला परेको छ। वेवारिशे अवस्थामा फेला परेका ती व्यक्ति रातभर खोक्ने गरेको स्थानियले बताएको छ।

उनी सङ्गै रहेका ३ जना मध्ये १ जनामा ज्वरो र खोकी देखिएको छ । ज्वरो आइरहेको र खोकी लागि रहेकाले उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसन वार्डमा भर्ना गरिएको छ ।

अन्य २ जनामा कोरोनाको लक्षण नदेखिएपनि संगै बसेकाले क्वारेन्टाइनमा राख्नु पर्नेमा कसैले जिम्मा नलिएपछि उनीहरुलाई पनि अस्पतालकै आइशोलेशन वार्डमा राखिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले बताए ।

भण्डारढिकको प्रतिक्षालयमा फेला परेका एक जनामा कोरोना भाइरस लाग्दा देखिने लक्षण देखिएकाले संगै रहेका तिनै जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको डाडाको नाक प्रहरी चौकीका इन्चार्ज डिएसपी अर्जुन रानाभाटले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार