पोखरा – पोखरा महानगरपालिकाले नागरिकको गुनासो सुन्न ट्रोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ।
राहत सम्बन्धी अथवा कुनै समस्या भएका गुनासो टिपाउन टोल फ्रि नम्बर ११८१ मा फोन गर्न महानगरपालिकाले अपिल गरेको छ।
पोखरा महानगरपालिका सूचना अधिकारी भरतराज पौडेलले नगरवासीका स्वास्थ्य सम्बन्धी गुनासा,नगरवासीका हरेक गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न टिम पनि बनाइएको बताए । समस्यामा परेका व्यक्तिहरुको उद्धार गर्नुपरेमा पनि ११८१ नम्बरमा फोन गरेर जानकारी दिन सकिने महानगरपालिकाले बताएको छ ।