दार्चुलामा च’ट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृ,त्यु भएको हो ।
घरभित्रै बसेको अवस्थामा च’ट्याङ लागेर बालिकाको घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
घटनामा अन्य पाँच जना घाइते भएका छन् । राति ८ बजे घरमा च’ट्याङ परेको हो । च’ट्याङ लागेर सीता खाती र छोरा राजेन्द्र खाती सामान्य घाइते भएका छन् । च’ट्या’ङले घर पूर्णरूपमा क्षति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु म’रेको छ । यस्तै व्याँस गाउँपालिका–५ धौलाकोटमा च’ट्या लागेर एक भैँसी र एक बाख्रासमेत मरेको छ ।
त्यसैगरी मकवानपुरको राक्सिराङ गाउँपालिका–७ धिराङमा आज बिहान परेको च’ट्याङले एक जनाको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । मृ’त्यु हुने राक्सिराङ गाउँपालिका–७ धिराङ निवासी ४१ वर्षीय चैत्र प्रजा भएको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।
सोही वडामा च’ट्याङ परी तीन घाइते भएको भन्ने बुझिएकाले उक्त घटनाको अध्ययन गर्न र घाइतेलाई उपचारका लागि मनहरि ल्याउन प्रहरीको टोली आज बिहानै त्यसतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस