logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

तनहुँको आँबुखैरेनीमा रोकिएका पैदलयात्रीलाई प्रहरीले उद्धार गरी घर पठाइयो


  • राजनीति
  • सोमबार, बैशाख ८ २०७७

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा रोकिएका पैदलयात्रीलाई प्रहरीले आइतबार उद्धार गरेको छ ।

गोरखा, लमजुङलगायत विभिन्न ठाउँमा काम गर्ने सर्वसाधारण हिँडेरै घर जान आँबुखैरेनी आइपुगेपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीले उनीहरुलाई उद्धार गरेर पठाएको हो । सरकारले राजमार्गमा रोकिएका र अलपत्र परेकाहरुलाई उद्धार गर्न निर्देशन दिएपछि हिँडेर घर जान लागेका ४६ जनालाई उद्धार गरी घर पठाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए ।

सल्यान र बर्दिया घर भएका उनीहरुलाई आँबुखैरेनी गाउँपालिकाको समन्वयमा सवारी साधन खोजेर घर पठाइएको सुवेदीले बताए । “सरकारको निर्देशनसँगै हिँडेर गन्तव्यतर्फ जान लागेका र अलपत्र परेकालाई घर पठाएका छौ,” उनले भने, “उनीहरु विभिन्न जिल्लामा काम गर्ने मजदूर रहेको पाइएको छ ।” उनका अनुसार उद्धार गरिएका सबैको विवरण राखिएको छ ।

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले बन्दाबन्दी घोषणा गरेपछि गुजारा चलाउन गाह्रो भएकाले हिँडेरै घरतर्फ जान लागेको सल्यानका अनिल बोहोराले बताए । पैदलयात्रुलाई आँबुखैरेनीस्थित सिद्धि गणेश टोल सुधार समिति र मिलन युवा समाजले पानी, चिउरा, बिस्कुट, काँक्रोलगायत खाजा सामग्री उपलब्ध गराएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार