logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गोरखामा १६ वर्षीया किशोरीलाई बिहेको प्रलोभन देखाई ज’बर्जस्ती क’रणी गर्ने युवक प्रकाउ


  • राजनीति
  • मंगलबार, बैशाख ९ २०७७

गोरखा – गोरखामा किशोरीलाई ब’लात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ का २६ वर्षीय रामशरण सिर्मललाई ब’लात्कारको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

पक्राउ परेका सिर्मलले १६ वर्षीया किशोरीलाई बिहेको प्रलोभन देखाई ज’बर्जस्ती ब’लात्कार गरेको पाइएको उनले बताए । वैशाख ३ गते दिउँसो ४ः३० बजेको समयमा आफ्नै घरमा लगेर सिर्मलले किशोरीलाई ब’लात्कार गरेको खुल्न आएको उपरीक्षक अधिकारीले जानकारी दिए ।

पीडितका बाबुले दिएको उजुरीका आधारमा सिर्मललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनलाई ज’बर्जस्ती क’रणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार