logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

निजी विद्यालयले बढाएको शुल्कबृद्धि फिर्ता नहुने- प्याब्सन अध्यक्ष साम्बा हाम्फे


  • राजनीति
  • बिहिबार, बैशाख २० २०७५

निजी विद्यालयले बढाएको शुल्कबृद्धि फिर्ता नहुने  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका अध्यक्ष विजय साम्बा हाम्फेले दावी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले सरकारी नियम र शिक्षासम्बन्धी सम्पूर्ण निर्देशिकाको पूर्ण पालना गरेकाले निजी विद्यालयको शुल्क वृद्धि फिर्ता नहुने जनाएका हुन् ।

‘हामीले नियम र नीति मानेका छौं, हाम्रा स्कुलले सरकारी नीति तथा निर्देशिकाको पूर्ण पालना गरेका छन्, विद्यार्थीहरुले आन्दोलन र ताला लगाएर समस्या समाधान हुन्छ भनेर नचिताए पनि हुन्छ, हामीले नियम मानेका छांै, निर्देशिका कार्यान्वयन गरेका छौं’ उनले भने ।

एन-प्याब्सनका महासचिव सुवास न्यौपानेले निजी विद्यालयमा देखिएका समस्या ताला लगाएर समाधान नहुने बताए । ‘मुलुक धेरै परिवर्तन र विकासको बाटोमा हिँडिसक्यो, हाम्रा विद्यार्थी संगठनहरुले ताला लगाउने आन्दोलन फेर्न सक्नुभएन, हाम्रो मुुलुकमा ८ हजार निजी विद्यालय दर्ता छन्, जसमध्ये निक्कै महँगा भनिएका विद्यालयको संख्या १० जति होला, विद्यार्थी संगठनहरुले कुरै नबुझी आन्दोलन गर्छाैं मात्रै भनेर हुन्छ ?’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार