logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

दुई इन्स्पेक्टर मिलेर कुटे डिएसपीलाई


  • राजनीति
  • बिहिबार, बैशाख ११ २०७७

बुधबार राति रूपन्देहीको सुनौली राजश्व गुल्मका प्रमुख डिएसपी मानबहादुर शाहीमाथि दुई इन्स्पेक्टरले कुटपिट गरेका थिए। कुटपिट गर्ने इन्स्पेक्टर केशव भट्टराई र दयाराम पौडेललाई नियन्त्रणमा लिइएको छ।

‘यस घटनाका बारेमा हामीले छानविन गर्न निर्देशन दिइसकेका छौँ’ सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी प्रविन कुमार श्रेष्ठले भने।

छानविन गर्न सशस्त्रले छानविन समिति बनाएको उनले बताए। इन्स्पेक्टरले मादक पदार्थ सेवन गरेर कुटपिट गरेको हुन सक्ने अनुमान छ। डिएसपी शाहीलाई कुनै चोट भने नलागेको श्रेष्ठले बताए।

‘आवेशमा आएर हातपात गरेको हुन सक्छ,’ उनले भने, ‘अब मापसे गरेको छ वा छैन भन्ने छानविनको प्रतिवेदनले भन्ला।’ उनीहरूलाई विभागीय कारबाही हुने उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार