राजनीति
बेंसीसहर – लमजुङको क्ब्होँलासोँथर गाउँपालिका-९ विम्दाबेंसीका एक युवाको भेडा चराउन बन गएका बेला भीरबाट खसेर मृ’त्यु भएको छ । वडा नं। २ को मालिङमा भेडा चराउन गएका ४५ वर्षीय श्याम गुरुङको भीरबाट लडेर मृ’त्यु भएको हो ।
भेडा चराउने क्रममा भीरबाट करिब १ सय मिटर तल खस्दा घटना स्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता ओमप्रकाश पुनले बताए । गुरुङको टाउको, ढाड, हातखुट्टामा गहिरो चोट देखिएको छ । श’व पो’ष्टमा’र्टमका लागि बेँसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ।