logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लेखनाथ उद्योग वाणिज्य संघले वडा नं २६ देखि ३३मा ,दैनिक खाना खुवाउने कार्यक्रम जारी


  • राजनीति
  • शनिबार, बैशाख १३ २०७७

लेखनाथ उद्योग वाणिज्य संघले दैनिक रुपमा बिहान र बेलुकाको खाना खुवाउने कार्यक्रम जारी रहेको छ ।पोखरा महानगरपालिका वडा नं २६ देखि ३३ सम्मका अति विपन्न परिवारका लागि गत वैशाख ९ गते देखि जारी अभियान अन्तरगत प्रत्येक दिन करिब १२ सय जनालाई बिहान बेलुकाको खाना खुवाउँदै आएको संघका अध्यक्ष वलराम ढकालले जानकारी दिएका छन् ।

लकडाउनका कारण घरमा चुलै नवल्ने अवस्थामा पुगेका अति विपिन्न परिवारको समस्यालाई मध्यनजर राख्दै संघले पोखरा २६ को नमस्ते पाटी प्यालेसमा खाना पकाएर सम्वन्धित ठाउँमा नै खाना पुर्‍याउँदै आएको छ ।

सम्बन्धित वडाको सिफारिस र स्थानीय टोल विकास सस्था तथा आमा समूहको सहयोगमा नामावली संकलन गरी बिहान ९ बजे र बेलुका ६ बजे खाना तयार गरि पाइक पर्ने विभिन्न ठाउँमा तयारी खाना वितरण गर्दै आएको संघका महासचिव गोपिचन्द्र बास्तोलालले जनकारी दिएका छन् ।

तयार गरिएको खाना वडा नं २८ को कालीकासम्म पुर्‍याउन अप्ठ्याराे भएकाले वडा नं २८ का लागि राहत सामग्री नै वितरण गरिएको हो भने वडा नं ३२ को भौगोलिक अवस्थालाई मध्यनजर राखेर राजाकोचौतारमा स्थानीयवासीको सहयोग र अन्य सामाजिक संघ सस्थाको समोन्वयमा खाना तयार गरि दैनिक रुपमा करिब ३ सय ७० जनालाई तयारी खाना खुवाउँदै आएको संघका द्वित्तीय उपाध्यक्ष विनोद श्रेष्ठको भनाइ रहेको छ । यो अभियान वैशाख १५ गतेसम्म जारी रहने र त्यस पछिको अवस्थालाई हेरेर नयाँ योजना बनाउने सोचले तयारी खाना वितरण गरिएको हो ।

file pic

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार