logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बागलुङकी १९ वर्षीया युवती अंशु : कोरोनालाई जितेर घर फर्किए


  • राजनीति
  • शनिबार, बैशाख १३ २०७७

बागलुङ- बागलुङकी १९ वर्षीया युवती अंशु सापकोटा अस्पतालबाट डिस्चार्ज भएकी छन् ।उनको कोरोना परीक्षण गर्दा लगातार दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई राती करिब १० बजे डिस्चार्ज गरिएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र पोखरेलले जानकारी दिए ।

बिहिबार र शुक्रबार गरिएको दुवै परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो । उनी गत चैत ४ मा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् ।

नेपाल आएको ११ औं दिनमा अंशुमा कोरोना पुष्टि भएको थियो । अंशुसँगै एउटै जहाजमा आाएकी बाग्लुङकी ६५ वर्षीया मनकुमारी पौडेल उपचारपछि निको भएर घर फर्किसकेकी छिन् ।

योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ११ पुगेको छ । नेपालमा शुक्रबारसम्म ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार