logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मिर्गौला रोगीलाई नियमित उपचारका लागि पोखरा भित्र निःशुल्क एम्बुलेन्सको व्यवस्था


  • राजनीति
  • शनिबार, बैशाख १३ २०७७

पोखरा महानगरपालिकाले महानगरभित्रका मिर्गौला रोगीलाई नियमित उपचारका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ

कोरोना भाइरसका कारण बन्दाबन्दी भएपछि आफ्नो नियमित जाँचबाट बञ्चित हुन पुगेका बिरामीको स्वास्थ्य अवस्थालाई ध्यान दिएर निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक रामराज लामिछानले जानकारी दिए ।

उनले भने “अहिले सबैको ध्यान कोरोना सङ्क्रण रोकथाममा मात्र केन्द्रित छ, जसले गर्दा मिर्गौला रोगका बिरामी नियमित जाँचबाट बञ्चित हुनुपरेको अवस्थालाई ध्यान दिएर निःशुल्क एम्बुलेन्स सञ्चालन गरेका हौँ ।” उनले महानगरका ३३ वटै वडामा निःशुल्क एम्बुलेन्स सेवा रहेको र त्यसको भाडा महानगरले बेहोर्ने जानकारी दिए ।उनका अनुसार महानगरमा कति मिर्गौला रोगी छन् भन्नेबारेमा वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले तथ्याङ्क सङ्कलन गरिरहेका छन् ।

महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा वैशाख ६ गते बसेको बैठकले मिर्गाैला पीडित बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको वडा नं ९ का अध्यक्षसमेत रहनुभएका संयोजक लामिछानेले जानकारी दिए । हाल महानगरका विभिन्न वडाबाट ८० बिरामीले आफूलाई पायक पर्ने अस्पतालबाट डायलालिस गराएको उनको भनाइ छ ।

५६४ जनाको नमूना सङ्कलनयसैगरी गण्डकी प्रदेशमा कोरोना भाइरसका ५६४ जनाको नमूना सङ्कलन गरिएको छ । सङकलन गरिएका नमूनामध्ये ५४० जनाको नेगेटिभ आएको र २२ जनाको परिणाम आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार हालसम्म चार हजार ८७१ जनाको आरडिटी परीक्षण गरिएको छ । त्यसैगरी हेल्लो डाक्टर १०९२ मा ७३२ जनाले चिकित्सकीय परामर्शसहितको विशेषज्ञ सेवा लिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार