logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

हुकिङ गरी विद्युत् चोरी गर्ने दशजना पक्राउ


  • राजनीति
  • शुक्रबार, बैशाख २१ २०७५

राजविराज-  सप्तरी जिल्लामा व्यापक विद्युत् चोरी भइरहेको भन्दै विद्युत चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत बिहीबार १० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको केन्द्रका प्रमुख चन्देश्वर साहले बताउनुभयो । पक्राउ परेका उनीहरुको साथबाट पाँच थान मोटर, दुई थान पंखा एक थान टिभी र दुई थान विद्युत् मिटर बरामद गरिएको प्रमुख साहले जानकारी दिनुभयो ।

पक्राउ परेकामाथि विद्युत् ऐनअनुसार रु पाँच हजारका दरले जरिवाना तिराएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । केही दिनयता विद्युत चोरी हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले हुकिङ नियन्त्रण अभियानलाई तीव्रता दिएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार