राजनीति
जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीलाई हा’तपात गरिएको छ । नेकपाका नेता एवम् नगरप्रमुख घर्ती माथि शनिबार बिहान सत्तारुढ नेकपाकै युवा दस्ता युवा संघ नेपालका जिल्ला संयोजक दिपेन्द्र शाही सहितको एक समूहले मु’क्का प्र’हार गरेको हो ।
जिल्लाको भेरी नगरपालिका वडा नम्वर १० को फेराखोला स्थित भेरी किनारमा उक्त समुहले हा’तपात गरेको नेकपा जाजरकोटले जनाएको छ । सत्तारुढ नेकपाका कार्यकर्ता एवम् साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृ’त्युपछि उनको म’लामी गएका नगरप्रमुख घर्तीलाई हा’तपात गरिएको नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाले बताए । शाहीको समुहले गरेको मु’क्का प्र’हारबाट मेयर घर्तीको आँखा र मुखमा चोट लागेको अध्यक्ष रानाले बताए ।
नगर प्रमुख घर्ती पूर्वएमाले जाजरकोटका सचिव र अहिले नेकपाको कर्णाली प्रदेश समिति सदस्य हुन् । युवा संघका संयोजक शाही पूर्व एमाले निकट युवा संघ नेपाल जाजरकोटका पूर्वअध्यक्ष हुन् । शाहीले गाउँमा योजना पार्दा नगर प्रमुख शाहीले पक्षपात गरेको भन्दै गुनासो गर्ने क्रममा भएको वि’वादमा मेयर घर्तीमाथि हा’तपात भएको एक प्रत्यक्षदर्शीले बताए ।
योजना दिँदा आफूहरुले नपाएको र आफूहरु माथि अ’न्याय भएको गुना’सो गर्ने क्रममा वि’वाद भएको उनले बताए ।
मेयर घर्तीलाई आ’क्रम’ण गर्नेको खोजी भइरहेको जाजरकोट प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले बताए । उनले घट’नाबारे यथार्थ बुझ्न नगरप्रमुख घर्तीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको बताए । ‘मेयर सावले फोन उठाउनु भएन । घट’नाबारे यथार्थ जानकारी अझै आइ’सकेको छैन ।’