logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मापसे गर्ने शिक्षकको जागिर चट


  • राजनीति
  • शनिबार, बैशाख २२ २०७५

जाजरकोटको कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ।

शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो।

मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा खाएर पठनपाठनमा बाधा पु¥याएकाले कारवाही गरिएको विद्यालयका प्रधानाध्यापक दिनेशकुमार सिंहले जानकारी दिए।

बारम्बार चेतावनी दिँदा पनि अटेर गरेपछि अभिभावक भेलाले उनलाई अवकाश गर्न सिफारिस गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार