logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पोखरा १६ जातीय छुवाछुत प्रकरण : जातीय विभेदका आरोपी धरौटीमा छुटे

जातीय छुवाछुत


  • आश तमु
  • बुधबार, बैशाख ३१ २०७७

आश तमु , पोखरा – १६ बाटुलेचौरमा किरियापुत्री बस्ने भवनको चावी माग्ने क्रममा जातीय छुवाछुत गरेको अभियोगमा प्रकाउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतको आदेशमा धरौटी तारेखमा रिहा भएका छन ।

रामबहादुर जीसी, जनक थापा र देबबहादुर थापालाई कास्कीका जिल्ला न्यायाधीश डण्डपाणि शर्माको इजलाशले जनही १ लाख ७० हजार रुपैयाँ धरौटी राखी तारेखमा छाड्ने आदेश दिएको हो ।

पोखरा महानगरपालिक– १६, बाटुलेचौर मा गत चैत २६ गते मोहन सुनारका आफ्ना भाइ सम्मरबहादुरको मृत्यु भएपश्चात काजकिरिया गर्न नजिकैको सामुदायिक भवन प्रयोगका निम्ति अनुमति माग्दा स्थानीय देवबहादुर थापा, जनक थापालगायतकाले मोहन सुनारमाथि दलित भएकै कारण जातीय अपमान, गालीगलौज र धाकधम्की दिई चरम जातीय विभेद गरेका थिए ।

पीडित सुनारले आफूमाथि जातीय भेदभाव तथा छुवाछूत भएकाले नेपालको संविधान र जातीय भेदभाव तथा छुवाछूत कसुर (सजाय ऐन), २०६८ अनुसार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए । स्थानीय समाजसेवी, दलित अगुवाको ठूलो दबाबमा पाँच दिनपश्चात पीडक जनक थापा, देवबहादुर थापा र राम बिसी पक्राउ परेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार