logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अहिले सम्म २७३ जनामा कोरोना संक्रमण , शनिवार बिहान सम्म थपिए थप ६ जना


  • आश तमु
  • शनिबार, जेष्ठ ३ २०७७

आश तमु पोखरा, – नेपालमा दिनहुँ कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ । आज शनिवार १० बजे सम्मको स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार अहिले सम्म २७३ जनामा संक्रमण देखिएको हो । आज मात्र थप ६ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयले गराएको जानकारी अनुसार बर्दियाको नार्खु-११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, , पर्साको वीरगन्ज निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर-४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली–१ निवासी २५ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३६ जना कोरोना निको भएर घर फर्किएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार