गोरखा – गोरखाको पालुङटार नगरपालिका–९ घडेरीखोलास्थित मानव बस्तीभित्र आज एउटा चि’तुवा मृ’तावस्थामा भेटिएको छ । शरीरमा कतै पनि चोटपटक नलागेको अवस्थामा बयस्क पोथी चि’तुवा मृ’तावस्थामा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए ।
चि’तुवा मृ’त फेला परेको ठाउँमा वरपर चि’तुवाले दिसा र बान्ता गरेको समेत पाइएको छ’, उनले भने, ‘शरीरमा कतै पनि चोटपटक देखिएको छैन ।’ मृ’तावस्थाको चि’तुवाको प्रकृति हेर्दा बि’ष खुवाएर मा’रेको हुनसक्ने आङ्शका वन कार्यालयले गरेको छ । उक्त मृ’त चि’तुवा घडेरीखोलाको बस्ती बीचमा रहेको एउटा घरभित्र फेला परेको उनले बताए ।
स्थानीयवासीले बयस्क चि’तुवा मर्न लागेको अवस्थामा भेटिएको भनेर जानकारी गराएपछि तत्काल उद्धारका लागि वन कार्यालयबाट टोली पुग्दा चि’तुवा म’रिसकेको पाइएको प्रमुख पौड्यालको भनाइ छ । चि’तुवा वि’ष खुवाएर मा’रेको आशङ्कामा कार्यलयले अनुसन्धान शुरु गरेको उनले बताए । ‘यसरी नै म’यो भन्न सकिहाल्ने अवस्था छैन’, प्रमुख पौड्यालले भने, ‘घटनाको सबै प्रकृति हेर्दा शङ्कास्पदजस्तो पनि देखिन्छ, मृ’त्युको कारण पत्ता लगाउन परीक्षणको तयारी भइरहेको छ ।’
उनले मृ’त चि’तुवाको परीक्षणका लागि चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा लैजाने तयारी भएको बताए । ‘परीक्षणपछि कालगतिले म’रेको हो वा होइन भन्ने पुष्टि हुन्छ’, उनले भने । यसअघि गएको शुक्रबार पनि जिल्लाको पालुङटार नगरपालिका–२ जामुुनेस्थित जङ्गलछेउमा एउटा चि’तुवा मृ’तावस्थामा फेला परेको थियो । शुक्रबार मृ’त फेला परेको चि’तुवा भने कालगतिले म’रेको पाइएको उनको भनाइ छ । जिल्लामा गएको तीन दिनभित्रमा दुई चि’तुवा मृ’त फेला परिसकेका छन् ।
file pic