राजनीति
लमजुङ- लमजुङमा लकडाउन अवधिभर अरु जिल्लाबाट तरकारी र फलफूल आयातमा रोक लगाएका छन । कोरोना रोकथाम र नियन्त्रणका लागि संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि जिल्लामा लक डाउन अवधिभर बाह्य जिल्लाबाट तरकारी र फलफूल आयातमा रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए ।
बैठकले हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सुरक्षामा खटिने सुरक्षाकर्मी, थोक बिक्रेता, आवश्यकता देखिएका जनप्रतिनिधि, जिल्लाका पत्रकारहरुको आरडीटी जाँच गर्ने निर्णय पनि गरेको छ।
यस्तै, बैठकले राइनास नगरपालिका-९ मा रहेको भैरव माविमा क्वरेन्टीनको व्यवस्था गर्ने, त्यसको सुरक्षाको व्यवस्थापन नेपाली सेनाको श्रीजंग गणले गर्ने र बेसिशहर नगरपालिकाको सहजीकरणमा रहेको क्वरेन्टीनको सुरक्षा व्यवस्थापन सशस्त्र प्रहरी बल नेपालले गर्ने पनि निर्णय गरेको सहायक प्रजिअ सुनारले बताउनुभयो ।