logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पोखरा बस्दै आएका पुर्व युवराज शाह मध्यरातमा परे दुर्घटनामा


  • आश तमु
  • शनिबार, जेष्ठ १० २०७७

आश तमु, पोखरा – लामो समय देखी पोखरामा बस्दै आएका पुर्व युवराज पारस शाह सडक दुर्घटनामा परेका छन। शुक्रबार राति करिब साढे २ बजेको समयमा पुर्व युवराज शाह सवार बा १४ च २१३१ नम्बरको सवारीले पोखराको मुख्य बजार केन्द्र पृथ्वीचोकमा छाडा गोरुलाई ठक्कर दिदा दुर्घटना भएको हो ।

सवारी साधनमा सवार शाह लगाएत ३ नै जना शकुशल छन  । सवारी साधनको ठक्करले गोरुको घटना स्थलमै मृत्यु भएको छ ।

मध्यरातमा पूर्वयुवराज पारसको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ । पूर्वयुवराज पारस शाहलाई मध्यरातमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनका सहयोगीहरुले उपचारको लागि गण्डकी अस्पतालतर्फ लैजाँदै थिए । तीब्र गतिमा हुइँकिएको पूर्वयुवराजको गाडीले अनियन्त्रित भइ गोरुलाई ठक्कर दिन पुगेको थियो ।

प्रहरीका अनुसार गाडीमा सवार तीनै जनाले मादक पदार्थ या नशाजन्य अन्य कुनै बस्तु सेवन भने नगरेकाे र सवारी साधन शाहका निजी चालकले नभएर उनका सहयोगी अशोक गुरुङले चालएको बताए । गुरुङलाई नियन्त्रणमा लिएर कानुनी कारवाही अगाडी बढाएको पनि प्रहरीले बताएका छन।

पुर्वयुवराज शाह करिब नौ महिनादेखि आफ्ना सहयोगीहरूसँग पोखराको लेकसाइडमा बस्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार