logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कोरोनाको इपिसेन्टर बाँके नरैनापुर निषेधित क्षेत्र घोषणा, सेना परिचालन !


  • राजनीति
  • आइतबार, जेष्ठ ११ २०७७

बाँके – कोरोनाको इपिसेन्टर नै बनेको बाँके जिल्ला नरैनापुर गाउँपालिकालाई निषेधित क्षेत्र घोषणा गरी सेना परिचालन गर्ने भएको छ ।

आइतवार बसेको सुरक्षा समिति बैठकले नरैनापुरको स्थितिलाई नियन्त्रणमा राख्नका लागि उक्त गाउँपालिकामा निषेधित क्षेत्र घोषणा गरी सेना परिचालन गर्ने निर्णय गरेको हो ।

आज रातिदेखि उक्त गाउँपलिकालाई निषेधित क्षेत्र घोषणा गरी सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको हो ।

उक्त गाउँपालिकामा अहिलेसम्म १ सय १४ जना संक्रमित छन् । संक्रमितलाई अस्पताल लैजान नदिने र हुलहुज्जत गर्ने काम भएपछि शनिबार गाउँपालिकाले केन्द्र सरकारलाई गुहारेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार