logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता


  • रासस
  • सोमबार, जेष्ठ १२ २०७७

दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् ।

दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार चैतेघाटस्थित तामाकोशी नदीमा माछा मार्न गएको र माछा मार्ने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

त्यस्तै कालीञ्चोक गाउँपालिका–७ ठूलाखेत बस्ने १९ वर्षीय नवराज पौडेल तामाकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए ।

file pic

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार