logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

गण्डकी प्रदेशमा थप दुईमा कोरोना, स्याङ्जा वालिङका दुई युवकमा कोरोना संक्रमण


  • राजनीति
  • मंगलबार, जेष्ठ १३ २०७७

पोखरा – गण्डकी प्रदेशमा थप दुई जनमा कोरोनाको संक्रमण देखिएको छ । ६ दिनअघि भारत नयाँदिल्लीबाट आएका स्याङ्जा वालिङका दुई जना युवकमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

उनीहरूको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। संक्रमित दुबै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको छ।

स्यासंक्रमित देखिएका दुबै युवकलाई भारतबाट आउनुबित्तिकै सिधै क्वारेन्टिनमा राखिएको वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँणले जानकारी दिए।

योसँगै नेपालमा संक्रमितको संख्या ७ सय ३० पुगेको छ। आजै बिहान सुर्खेतमा १२, बारामा ५ र रौतहटमा २२ जना संक्रमित थपिएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार