राजनीति
पोखरा – स्याङ्जा र नवलपुरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ग
स्याङ्जामा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनीहरु भारतबाट आएको र क्वारेन्टाइनमै रहेको जनाइएको छ । अब सरकारी अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयका डा। विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
योसँगै स्याङजामा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । मंगलबार जिल्लामा पहिलो पटक दुई जनामा कोरोना भाइरस पुष्टि भएको थियो ।
यस्तै गण्डकी प्रदेशको बर्दघाटपूर्व नवलपुर देबचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक युवालाई कोरोना देखिएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।