राजनीति
दैलेख – शनिवार बिहान दैलेखको दुल्लू नगरपालिका ७ पटाङ्गिनी नजिक विद्युत प्राधिकरण भवनको क्वरेण्टीनमा राखिएका एक पुरुषको मृत्यु भएको छ ।बिहान चिया–बिस्कुट खाएलगत्तै छातीमा असजिलो भयो भनेर ओछ्यानमा सुतेको बेला उनको मृत्यु भएको हो ।
भारतको अहमदाबादबाट ८ दिनअघि मात्र दुल्लू आएका थिए। दुल्लू नगरपालिका–११ कालभैरव घर भएका मृतक १८ वर्षदेखि भारतको अहमदावादमा होटललाइनमा काम गर्दै आइरहेका थिए। मृतकका १७ वर्षकी एक छोरी, १२ वर्षको एक छोरा र श्रीमती छन् ।
ती युवकको कोरोना संक्रमण भए नभएको जाँच्न बिहीबार नोजल स्वाब पठाइएको तर रिपोर्ट आउन बाँकी रहेकोले शव परीक्षण प्रक्रिया समेत रोकिएको छ ।
file pic