logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एटीएम मेसिन फुटाउँदै गर्दा पक्राउ


  • राजनीति
  • शनिबार, जेष्ठ १७ २०७७

भक्तपुर – मध्यराति एटीएम मेसिन फुटाउँदै गर्दा एक जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मध्यपुर ठिमी वडा नं। ६ बाहखा बजारबाट टीएम मेसिन फुटाउँदै गर्दा सिन्धुपाल्चोक घर भएका २१ वर्षीय सचिन तामाङलाई पक्राउ गरेको हो ।

उनले एनआईसी एसिया ब्याङ्कको एटीएम मेसिन फुटाउने प्रयास गरेका थिए । उनलाई प्रहरीले गएराति सवा २ बजे नियन्त्रणमा लिएको हो ।

एटीएम मेसिन फुटाउँदै गरेको सूचनाको आधारमा गस्ती टोलीले उनलाई पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको छ । तामाङ मध्यपुर ठिमी वडा नं। ६ नगदेश बस्छन् । उनको साथबाट एक थान ह्याम्बर, एक थान स्क्रु ड्राईभर, एटीएम मेसिनको बाहिरी कभर र डण्डी बरामद भएको प्रहरीको भनाइ छ ।

उनलाई प्रहरी वृत्त ठिमीमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार