राजनीति
काठमाडाैँ । सर्लाहीका सांसद प्रमोद साहसहितका स्थानीयले सडकमा धुलो उडेको भन्दै नवलपुर–मलंगवा सडक खण्डमा चक्काजाम गरेका छन्।
सडक निर्माणमा ढिलाई हुँदा धुलोले आसपासका बासिन्दलाई सास्ती भएको भन्दै आइतबार सांसद साहसहितका स्थानीयले आधा घण्टा चक्काजाम गरेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
साह सर्लाही १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद हुन्। ठेकेदारले सडक निर्माणमा ढिलाई गर्दा स्थानीयले सास्ती पाएकाले चक्काजाम गरिएको सांसद साहले बताए।