logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

तनहूँमा दुई संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६


  • राजनीति
  • शुक्रबार, जेष्ठ २३ २०७७

तनहूँ – गण्डकी प्रदेश स्थित तनहुँ जिल्लामा दुई जनामा कोरोना संक्रमण देखिएको छ । तनहूँको ऋषिङ गाउँपालिकाका ३९ र ४० बर्षिय दुई पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमित दुवै जनालाई जिल्लास्थित सरकारी अस्पतालमा रहेको आइसोलेसन कक्षमा ल्याउने तयारी भईरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

तनहूँमा दुई संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार