logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कर्णाली प्रदेशमा शुक्रवार थप १०० जनामा कोरोना, संक्रमितको सङ्ख्या ४८९


  • राजनीति
  • शुक्रबार, जेष्ठ २३ २०७७

पोखरा- कर्णाली प्रदेशमा शुक्रवार थप १०० जनामा कोरोना संक्रमण देखिएको छ । यो सङ्ख्या सङगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या ४८९ पुगेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेत स्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितहरु दैलेख, जुम्ला, हुम्ला, दोलखा, रामेछाप, गोरखा, सुर्खेत र जाजरकोटका निवासीहरु रहेका छन् ।

यसमध्ये, सुर्खेतको पञ्चपुरी निवासी १८ वर्षीय पुरुषको मृत्यु भइसकेको छ । प्रदेशमा ज्यान गुमाउने उनी दोस्रो संक्रमित हुन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार