आश तमु ,पोखरा- कोरोना मुक्त रुपमा चिनिएको गण्डकी प्रदेशको राजधानी कास्की पनि अव भने कोरोना संक्रमित जिल्लाको सुचीमा परेको छ ।
शनिबार बिहान स्वास्थ्य निर्देशनालयले प्रेस नोटमार्फत जानकारी दिदै कास्कीमा नयाँ ३ जना संक्रमित सङगै प्रदेश भित्र थप नयाँ १७ जना संक्रमित पहिचान भएको जानकारी दिएका छन।
रुपा गाउँपालिका ५ र ७ का २३ र ३२ बर्षीय २ पुरुष र पोखरा महानगरपालिका २७ का ५९ बर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु तीनैजनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा ल्याउने तयारी भइरहेको छ।
निर्देशनालयका निर्देशक डा।विनोद विन्दु शर्माका अनुसार स्याङ्जामा १०, कास्की र पूर्वी नवलपरासीमा ३-३ तथा बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित १६ देखि ५९ वर्ष उमेर समूहका छन्। संक्रमित सबै पुरुष हुन्। संक्रमित सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।