पोखरा – शनिवार कास्कीमा कोरोना संक्रमित पुष्टी भएका पुरुष सिर्जना चोक स्थित क्वारेण्टाइनमा रहेको बताइको छ । उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेशनमा ल्याउने तयारीमा रहेको स्वास्थ्य निर्देशनालयका निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जनकारी गराएका छन।
यसै गरी कास्कीकाे रुपामा शनिबार काेराेना संक्रमण पुष्टि भएका २ युवा ३ दिन अघिमात्र भारतकाे हैदरावादबाट आएका थिए।
रुपा गाउँपालिका हंसपुर घर भएका ३२ र २३ वर्षे युवा भारतबाट आएर हंसपुरकाे रामकाेटस्थित क्वारेन्टाइनमा बसेका थिए । उनीहरु आएलगत्तै स्वाब संकलन गरिए पनि शनिबार मात्र नतिजा आएकाे हाे ।