logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

स्याङजामा थप १० जनामा संक्रमण सँगै संक्रमण हुनेको संख्या २३ पुग्यो


  • राजनीति
  • शनिबार, जेष्ठ २४ २०७७

पोखरा – शनिबार स्याङजामा थप १० जनामा संक्रमण देखिए सँगै जिल्लामा संक्रमण हुनेको संख्या २३ पुगेको छ।

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार वालिङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका आठ र हरिनाश गाउँपालिकाको क्वारेन्टाइनमा बसेका दुईजना पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।

उनीहरुलाई हेलु स्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा राखिने तयारी छ। योसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या ७५ पुगेको छ।

यसअघिका संक्रमित एक महिलालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। अन्य छजनालाइ कालिका सामुदायिक अस्पताल र छजनालाई जिल्ला अस्पताल राखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार