logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काठ लिलाममा सहजीकरण गरिदिने भनी तीन लाख घुस लिदै गर्दा वडा अध्यक्ष प्रकाउ


  • राजनीति
  • शनिबार, जेष्ठ २४ २०७७

पाल्पा – घुस रकम सहित एक जनप्रतिनिधिलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले शनिबार बिहान रुपन्देहीको सालझण्डीमा एक व्यक्तिसँग तीन लाख घुस लिने क्रममा प्रकाउ गरेको हो।

कार्यालयका सूचना अधिकारी सुरेश भुसालले काठको काम गर्ने एक व्यवसायीसँग काठ लिलाममा सहजीकरण गरिदिने भनी घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए।

अख्तियारको टोलीले पुनसँगै तीन लाख रकम पनि बरामद गरेको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार